स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारको कार्ययोजना बनाई तीन दिन भित्र पेश गर्न भन्दै अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा अर्को कार्यदल बनाएका छन् ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को उपल्लो दर्जामा रहेर लामो समय काम गरेका डा. शम्भु आचार्यको संयोजकत्वमा बनाएको सुझाव कार्यदलको प्रतिवेदन बुझेको केही साता पछि उनले अतिरिक्त स्वास्थ्इ सचिव डा. सिंहको संयोजकत्वमा अर्को कार्यदल बनाएका हुन् ।
कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी रहेका छन् । उपसचिव शालिकराम दाहाललाई सदस्य सचिव तोकिएको छ ।