भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालले अत्याधुनिक आईसीयु सेवा संचालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालले सुरु गरेको लेभल ३ आईसीयु उदघाटन गरेका हुन् ।
सो सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले सबै खालका जनताले सहज पहुँच पाउन सक्ने गरी सेवा विस्तार गर्न अनुरोध गरे । उनले निजी भन्नसाथ बिरामी तर्सने वातावरण अन्त्य गर्दै सबैको अस्पताल बनाउन आग्रह गरे । मन्त्री पौडेलले सरकारले निजी र सरकारी अस्पतालको सहकार्यमा नै देशको स्वास्थ्य सेवा सहज र पहुँचयोग्य हुने बताए ।
निजी अस्पताल नाफा कमाउने उद्देश्यले नै खोलिए तापनि स्वास्थ्य सेवा सेवामुखी भएको हुँदा अन्य उद्योगजस्तो बढी नाफामुखी नहुन सुझाव दिए । अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भक्तपुर क्षेत्रमा कर्पोरेट अस्पताल नभएको र त्यसका लागि ह्याम्सको टिम अगाडि आएको बताए । उनले अस्पताललाई जनमुखी बनाएर लैजाने बताए ।