क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।