महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आजबाट पुन: पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजमा असहमति जनाउँदै स्वास्थ्य बीमा कार्यक्रम आंशिक रुपमा रोकेको अस्पतालले आज सूचना जारी गर्दै पूर्ण सञ्चालनमा आएको जनाएको हो ।
अस्पताल गत १२ भदौ देखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै आएको थियो । त्यसयता भर्ना भएका वीमित बिरामीहरुले बीमा सेवा सुविधा लिन पाएका थिएनन् ।
आज अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ‘स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अन्तरंग विभागमा भर्ना भएका बिरामीहरुलाई उपलव्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रम गत १२ भदौ देखि स्थगित गरिएकोमा ७ माघ (आज) देखि पुन सञ्चालनमा आउको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’