माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । जसअनुसार सोमबार कम्पनीले राजधानीको बागदरबारस्थित कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाडौँ महानगरपालिकाको सहयोग/समन्वयमा सम्पन्न गरेको हो ।
कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव र विभिन्न आपतकालीन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।