केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखेर वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा माघ २९ गते रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभाले विशेष प्रस्तावमा कम्पनीको पुँजी संरचनाअनुसार सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
त्यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछन् ।