यशोदा फुड्स प्रालिको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् ।
शुक्रबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहबीच शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरिएको यशोदा फुड्स प्रालिले जनाएको छ ।
समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यावसायिक साझेदार र मिडिया प्रतिनिधि लगायत उपस्थिति थिए ।
कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई स्वागत गरेका थिए ।
शाहको नियुक्तिसँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।
उनले आफ्नो अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।
ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको छ ।
व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङमा शाहको भूमिका महत्त्वपूर्ण हुने विश्वास कम्पनीको छ ।
रेभिन्युमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालु एडिसनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि शाह विशेष परिचित व्यक्ति हुन् ।
शाहको अनुभव तथा विशेषज्ञता प्रडक्सन, इन्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेसन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशहरूमा मार्केटिङ तथा एडभरटाइजिङ लगायत छन् ।
शाहको व्यावसायिक करियर अन्तर्गत ख्यातिप्राप्त कन्जुमर गुड्स ब्रान्डहरू जस्तै चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसला, इन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूल जन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरू समेत रहेका छन् ।