नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भूषण दाहाल” कार्यक्रम सम्पन्न गरेको छ । चितवन सौराहा स्थित होटल सेभेन स्टारमा कार्यक्रम सम्पन्न गरेको हो।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि गत श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कारसहितको कार्यक्रम गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।