चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ ।
चिनियाँ टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरु ध्यानमा राखी वरिष्ठ चिकित्सकहरुद्घारा माया र ममताका साथ विभिन्न जाँचहरु, स्वास्थ्य शिक्षा तथा गतिबिधिहरु संचालन गरेको एयरलाइन्सले जनाएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि रु ६ लाखको चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भने, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रुपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’