Close Menu
Good NepalGood Nepal

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
    • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
    • अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
    • डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
    • नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
    • वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
    • स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
    • काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
    Facebook
    Good NepalGood Nepal
    Demo
    • Home
    • बजार
    • प्रविधि
    • गुड अपडेट
    • गुड स्टोरी
    • गाइड
    • अटो
    • स्वास्थ्य
    • खेलकुद
    • इभेन्ट
    • विचार
    • अन्य
    Good NepalGood Nepal
    Home»इभेन्ट»माघ २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा क्यान इन्फोटेक
    इभेन्ट

    माघ २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा क्यान इन्फोटेक

    गुडनेपालBy गुडनेपालFebruary 2, 2025No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो ।

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।

    ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम (HMC Nepal HIKSEMI CAN Info-Tech 2024 in association with Mercantile Office Systems) रहेको छ  ।

    त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

    प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा. लि., मेगाटेक ग्रुप, हाइ-टेक इन्जिनियरिङ प्रा. लि. (डिजिकम), पाइन ओबरसिज प्रा. लि., सुबिसु केबलनेट प्रा. लि. लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा (World Innovation, Technology and Services Alliance- WITSA), असोसियो (Asian-Oceanian Computing Industry Organization- ASOCIO), टीओए सफ्टवेयर कर्प (Toa Software Corp.) लगायत को सहयोग रहेको छ ।

    नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् ।

    ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन, ‘नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेका छौं ।’

    क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतकव् विशेष प्रदर्शन गर्नेछ ।

    यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू. १००/- र विद्यार्थीका लागि ५० रूपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शूल्क प्रवेश व्यवस्था छ ।

    सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए ।

    क्यान इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनको भनाइ छ । प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ ।

    क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।

    क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।

    साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम स्टेम शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ ।

    त्यस्तै डेटा बट पर्सनल एसिस्टेन्ट एआईले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।

    क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।

    राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।

    नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।

    Featured
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    गुडनेपाल
    • Website

    Related Posts

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 2025

    वैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ हुँदै

    March 22, 2025
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 20255
    Don't Miss
    इभेन्ट

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    By गुडनेपालMay 18, 2025

    काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि…

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    Demo

    goodnepal.com is a Nepal's first good and positive news potral. which covers positive and solution based news and stories.

    For Partnership and Collaboration

    Email Us: goodnepalko@gmail.com
    Contact: +977 9841227767

    Facebook
    सिफारिस

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    लोकप्रिय

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256
    Copyright © 2025 | All rights reserved.
    • Home
    • बजार
    • स्वास्थ्य
    • प्रविधि
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.