Close Menu
Good NepalGood Nepal

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
    • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
    • अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
    • डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
    • नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
    • वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
    • स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
    • काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
    Facebook
    Good NepalGood Nepal
    Demo
    • Home
    • बजार
    • प्रविधि
    • गुड अपडेट
    • गुड स्टोरी
    • गाइड
    • अटो
    • स्वास्थ्य
    • खेलकुद
    • इभेन्ट
    • विचार
    • अन्य
    Good NepalGood Nepal
    Home»गुड अपडेट»नेपाल टेलिकमले मनायो २१औं वार्षिकोत्सव, यस्ता छन् अफरहरू
    गुड अपडेट

    नेपाल टेलिकमले मनायो २१औं वार्षिकोत्सव, यस्ता छन् अफरहरू

    गुडनेपालBy गुडनेपालFebruary 4, 2025No Comments0 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार  कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै टेलिकममा पनि सुधार गर्न आवश्यक रहेको बताए ।

    ‘उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा फोरजी सेवा पुर्‍याउनु पर्छ, उनले भने, ‘आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि सेवाको विस्तार सँगै गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ ।’

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्दै आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहक वर्गको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्नेमा जोड दिइन ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले कम्पनीलाई समय सापेक्ष सुधार गरेर अगाडि बढ्न र ग्राहक अनुभव तथा पृष्ठपोषणमा ध्यान दिन निर्देशन दिएका थिए ।

    सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले आम कर्मचारी वृत्तिविकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्राह गर्दै प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरेका छन् ।

    यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको जानकारी दिएकी छन् ।

    कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रादेशिक निर्देशनालय, उप-प्रादेशिक निर्देशनालय नेपालगञ्ज र वायरलेस सेवा निर्देशनालयबाट सबैभन्दा बढी रकमको कारोबार गर्ने रिचार्जकार्ड बिक्रेताहरु तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुका साथै आइभीआर १९८ मा मर्मतका लागि गुनासो दर्ता भई सोही दिन अत्यधिक लाइन मर्मत गर्ने सातै प्रदेशका १/१ दूरसञ्चार कार्यालयलाई सम्मान गरिएको थियो । भने कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    एक्काइसौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले कर्णाली प्रदेश अन्तर्गत सञ्चालनमा रहेको सम्पूर्ण कपर प्रविधिमा आधारित उपकरणलाई फाइबर प्रविधिमा रुपान्तरण गर्दै आजकै मितिदेखि कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा गर्नुका साथै व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको भोवाईफाई सेवाको समेत शुभारम्भ गरेका थिए ।

    यसै अवसरमा कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकाको खालीखर्क तथा डोल्पा  जिल्लाको  ठूली भेरी  नगरपालिकामा फोरजी  सेवाका बीटीएस स्थापना गरी सेवा सञ्चालन गरेको छ ।

    कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक एनिभर्सरी प्याकेजहरू सञ्चालनमा ल्याएको छ । *1415*11# डायल गरेर वा NT App तथा कम्पनीको वेबपेज मार्फत उक्त प्याकेजहरु खरिद गर्न सकिनेछ ।

    एनिभर्सरी अफर

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    गुडनेपाल
    • Website

    Related Posts

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025

    स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

    March 29, 2025

    काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन

    March 29, 2025
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 20255
    Don't Miss
    इभेन्ट

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    By गुडनेपालMay 18, 2025

    काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि…

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    Demo

    goodnepal.com is a Nepal's first good and positive news potral. which covers positive and solution based news and stories.

    For Partnership and Collaboration

    Email Us: goodnepalko@gmail.com
    Contact: +977 9841227767

    Facebook
    सिफारिस

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    लोकप्रिय

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256
    Copyright © 2025 | All rights reserved.
    • Home
    • बजार
    • स्वास्थ्य
    • प्रविधि
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.