नेपालकै अग्रणी एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘ट्रान्सफर्म विथ हाइलाइफ’ नामक रोमाञ्चक अभियान लिएर आएको छ ।
यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ ।
स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाईफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्ज जस्ता अन्य चुनौतीहरुको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ ।
चुनौतीहरु पुरा गर्दै, भिडियो बनाएर आफ्नो फेसबुक वा इन्स्टाग्राममा #Transformwithhilife, #Sayhitohealthylife जस्ता ह्यासट्याग राखेर हाइलाइफको अभियानमा भाग लिन सकिन्छ । जिम सब्सक्रिप्सन, फिटनेस वाच, ब्लेन्डर, जुम्बा क्लास, हाइलाईओ गुडिज र अन्त्यमा १ लाख बराबरको ट्रेडमिल जित्न सकिने छ ।