आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईतबार आईएमई पे र खल्तीबीच सम्झौता भएको हो ।
मर्जरपछि डिजिटल वालेटको नाम ‘आईएमई खल्ती’ राखिने छ । दुई कम्पनीबीच भएको मर्जरको सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ ।
हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ । यदी आईएमई पे र खल्ती मर्ज भएमा यो डिजिटल वालेटमै पहिलो मर्जर हुनेछ ।