Close Menu
Good NepalGood Nepal

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
    • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
    • अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
    • डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
    • नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
    • वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
    • स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
    • काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
    Facebook
    Good NepalGood Nepal
    Demo
    • Home
    • बजार
    • प्रविधि
    • गुड अपडेट
    • गुड स्टोरी
    • गाइड
    • अटो
    • स्वास्थ्य
    • खेलकुद
    • इभेन्ट
    • विचार
    • अन्य
    Good NepalGood Nepal
    Home»अन्य»नेसनल आईसीटी स्कलरसिप- २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने
    अन्य

    नेसनल आईसीटी स्कलरसिप- २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने

    गुडनेपालBy गुडनेपालFebruary 21, 2025No Comments0 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप- २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरेका छन् ।

    सो अवसरमा बोल्दै उनले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्याउन योगदान दिने विश्वास व्यक्त गरे । सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्दै जानु आवश्यक रहेकोमा जोड दिँदै उनले भने, “सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्नका लागि यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ । यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके, अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।”

    क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन । उनका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

    ‘नेसनल आईसीटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेको भनाइ छ । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्याउने छ ।

    देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले बताए । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

    छात्रवृत्ति संयोजक एवं क्यान महासंघका निवर्तमान अध्यक्ष रणजीत पोदारले विद्यार्थीहरूलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको जानकारी दिए । इन्टर्नशिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उनको भनाइ छ ।

    छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक-निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई. जालानको विश्वास छ । सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसरको रूपमा रहेको ‘नेसनल आईसीटी स्कलरसिप – २०८१’ ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ ।

    क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी (BSc. IT) अध्ययन गर्न पाउनेछन् ।

    छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

    आवेदन क्यान महासंघको वेबसाइट (scholarship.can.org.np) वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (www.lbef.org) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।

    छात्रवृत्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ, जसमा सह-संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दिपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्यद्वय सन्तोष ढुंगाना सदस्य रहनु भएको छ ।

    छात्रवृत्ति सह-संयोजक एवं महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमै प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पारेर देशलाई सूचना प्रविधिको हब बनाउने लक्ष्य रहेको बताए । देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अवसर दिएर नेपालमा प्रविधि नवप्रवर्तनको वातावरण बनाउन यो छात्रवृत्ति प्रभावकारी हुने उनको धारणा छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा. शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताउँदै  नवप्रवर्तनशील प्रतिभा निखार्न र सूचना प्रविधि क्षेत्रको जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    क्यान महासघका महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधिको अध्ययन र दक्ष जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्न यस्ता छात्रवृत्तिहरू महत्त्वपूर्ण हुने बताए । डिजिटल नेपाल निर्माणको लक्ष्य हासिल गर्नका लागि दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेकाले यो छात्रवृत्ति कार्यक्रम त्यस दिशामा एक महत्वपूर्ण कदम हुने उनको भनाइ छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    गुडनेपाल
    • Website

    Related Posts

    विराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा

    February 22, 2025

    महाशिवरात्रीका अवसरमा महाआरतीका समयमा चन्द्रागिरी केवलकार टिकटमा ५० प्रतिशत छुट

    February 21, 2025

    प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

    January 27, 2025
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 20255
    Don't Miss
    इभेन्ट

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    By गुडनेपालMay 18, 2025

    काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि…

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    Demo

    goodnepal.com is a Nepal's first good and positive news potral. which covers positive and solution based news and stories.

    For Partnership and Collaboration

    Email Us: goodnepalko@gmail.com
    Contact: +977 9841227767

    Facebook
    सिफारिस

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    लोकप्रिय

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256
    Copyright © 2025 | All rights reserved.
    • Home
    • बजार
    • स्वास्थ्य
    • प्रविधि
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.