Close Menu
Good NepalGood Nepal

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
    • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
    • अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
    • डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
    • नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
    • वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
    • स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
    • काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
    Facebook
    Good NepalGood Nepal
    Demo
    • Home
    • बजार
    • प्रविधि
    • गुड अपडेट
    • गुड स्टोरी
    • गाइड
    • अटो
    • स्वास्थ्य
    • खेलकुद
    • इभेन्ट
    • विचार
    • अन्य
    Good NepalGood Nepal
    Home»खेलकुद»तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल
    खेलकुद

    तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल

    गुडनेपालBy गुडनेपालMarch 8, 2025No Comments2 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।

    शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो। यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ ।

    साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ।

    सन् २०२१ मा स्थापना भएको एनएसएललाई नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एनफा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ।

    यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ। नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ।

    देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन् । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेललाई एनएसलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित भएको तथा साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्ने बताए ।

    त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने बताए । यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

    एनसेलले अघिल्लो वर्षदेखि नै NSL सँग निकट सहकार्य गर्दै आएको छ। यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ। यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ।

    यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइने छ । एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा केन्द्रित छ। खेल मात्र होइन, यो नेपालसँगको सम्बन्धको पनि कुरा हो ।

    यो लगानी नेपाली खेल प्रतिभाको प्रवर्द्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन्। जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

    कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    गुडनेपाल
    • Website

    Related Posts

    एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य, क्रिकेटमा महिलालाई प्रोत्साहन

    January 30, 2025

    राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा

    January 28, 2025

    टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबीचको खेल स्थगित

    January 27, 2025
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 20255
    Don't Miss
    इभेन्ट

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    By गुडनेपालMay 18, 2025

    काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि…

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    Demo

    goodnepal.com is a Nepal's first good and positive news potral. which covers positive and solution based news and stories.

    For Partnership and Collaboration

    Email Us: goodnepalko@gmail.com
    Contact: +977 9841227767

    Facebook
    सिफारिस

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    लोकप्रिय

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256
    Copyright © 2025 | All rights reserved.
    • Home
    • बजार
    • स्वास्थ्य
    • प्रविधि
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.