देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको छ। एनएसएल, खल्ती र आइएमई पे बीचको त्रिपक्षीय सम्झौता मार्फत स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ जुन नेपालका उत्साही फुटबल प्रशंसकहरूका लागि अर्को अभूतपूर्व अनुभव हुनेछ ।
मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ। समर्थकहरूले खल्ती र आइएमई पे मार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्। खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकहरूका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएल को दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको हो ।
यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, “नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पे सँग हात मिलाउन पाउँदा हामी खुसी छौं। यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ। हाम्रो लक्ष्य एनएसएलको मज्जालाई सहज, थप अन्तरक्रियात्मक र व्यापक रूपमा पहुँचयोग्य बनाउनु हो।”
यहि भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपाल सुपर लिगसँगको साझेदारको रूपमा सिमलेस डिजिटल सोलुसन्समार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेको बताए ।
यस्तै खल्ती प्रालिका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमई पे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।
खल्ती र आइएमई पे दुवै प्रयोग गर्न सजिलो, सुरक्षित र कुशल डिजिटल पेमेन्ट सर्भिसको लागि भरपर्दा छन्। अनलाइन कारोबारमा यी प्लेटफर्मको विशेषज्ञताले टिकेटिङलाई अझ सुव्यवस्थित बनाउनुका साथै हजारौं एनएसएल समर्थकहरूको लागि म्याच डे अनुभवलाई पनि अझ बढाउनेछ। खल्ती र आइएमई पे ले चाँडै नै यी प्लेटफर्महरू मार्फत टिकट बुकिङमा विशेष प्रचार प्रसार र अफरहरू प्रस्तुत गर्नेछन् जसले गर्दा सिजनभरि नै प्रशंसकहरूको संलग्नता र उपस्थितिका साथ लिग अझ आकर्षक बन्ने छ।
नेपालका उत्कृष्ट खेलाडी र क्लबहरूले शिर्ष उपाधिको लागि प्रतिस्पर्धा गर्ने एनसेल नेपाल सुपर लिग सिजन ३ मा उच्च कोटीका खेलहरू हुने निश्चित छ। खेलहरूको रोमाञ्चक लाइनअप, उत्सुक समर्थक र अब हाई-टेक टिकेटिङ प्रणालीले गर्दा यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो हुने छ। टिकेटिङ र नयाँ नयाँ अफरहरूको बारेमा जानकारीको लागि एनएसएल समर्थकहरूलाई खल्ती, आइएमईपे र आधिकारिक एनएसएल प्लेटफर्महरूबाट निरन्तर अपडेट लिन आग्रह गरिन्छ।