Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
- एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
- अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
- डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
- नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
- वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
- स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
- काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
Author: गुडनेपाल
काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा ७ वटा पेशा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेशा राखिएका…
एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने सिद्धान्तहरुमा हस्ताक्षर गरेको छ । जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवद्र्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ । जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरहरुबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा…
ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ। एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीहरूलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ। देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ। नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि, धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको…
हुवावेले विश्वव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५ मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ । बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड वाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने हुवावे नेपालले जनाएको छ । “हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रुचि…
नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ औं वर्ष…
वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो । होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तर्किया हुनेछ । कार्यक्रममा ६ बढी सेसनमा ३० बढी बिज्ञ बक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुतीसँगै ६ बढी थिम्याटिक प्यानल सेसन हुनेछन् । मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र…
स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐनमार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृस्ट प्रदर्शन गर्दैछ । उक्त ऐनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई व्यापक स्वायत्तता प्रदान गरेको छ, जसले यसलाई एक विश्वस्तरीय, अनुसन्धानमुखी संस्थाको रूपमा विकास हुने अनुकूल वातावरण सिर्जना गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थापनाको दोस्रो वर्षमै अनुसन्धानको क्षेत्रमा उत्कृस्ट प्रदर्शन गरेको छ । हालै मात्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले प्रदान गरेको अनुसन्धान वृत्ति प्राप्त गरेका छन । खुल्ला प्रतियोगिता…
दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ । नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले ४५ स्वाप स्टेसनहरू दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र भएको बताए । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ । गोगोरोका चार्जिङ स्टेशन प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको छ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द…
जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् । जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ । ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ…
व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पेमार्फत ७१४ अर्ब रूपैयाँ भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा उल्लेखनिय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि ऋइच्एइच्ब्त्भ्एब्थ् प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ । कर्पोरेट पेको मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना…