एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

एसईईको नतिजा एसएमएस, आईभीआर, वेबसाइट र मोबाइल एप जस्ता विभिन्न तरिकाबाट हेर्न सकिने छ । अनलाइनमा नतिजा आउन भने केही समय लाग्ने छ ।

नतिजा सार्वजनिक भएपनि, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्न सक्ने छ । नेपाल टेलिकमको वेबसाइटमार्फत सम्पूर्ण ग्रेडसिटसहितको नतिजा हेर्न सकिनेछ । तर, यसमा केही समय लाग्न सक्ने बोर्डले बताएको छ ।

त्यसैगरी, अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट केवल प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । यस्तै विद्यालयले seeadmin.ntc.net.np मा विद्यालयको कोड, सिम्बोल नम्बर र जन्म मिति हालेर एसईईको लेजर हेर्न सक्ने छन् ।  सबै विवरण लेजरमा अपलोड हुन केही दिन लाग्न सक्ने बोर्डले जानकारी दिएको छ ।

कसरी हेर्ने नतिजा ? 

एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमबाट १६०० मा कल गरेर वा एसमएस पठाएर नतिजा हेर्न सकिने छ ।

यस्तै स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५, जानकी टेक्नोलोजीको ३५००१, आकाश टेकको ३१००३ र अल स्टारको ३४९४९ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिने छ ।

एसएमएसबाट नतिजा थाहा पाउनम्यासेज बक्समा गएर SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 1600, 34455, 35001, 34949 र 31001 मा पठाउनु पर्नेछ ।

यस बाहेक राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु संजाल, ईकान्तिपुर, खल्ती, इसेवा, बाह्रखरी, एनसेल, निमा एजुकेसन लगायतका माध्यमबाट थाहा पाउन सकिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here